Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

सन् २०२३ को अक्टोबरयता ११ हजारबढी प्यालेस्टिनी हिरासतमा

एजेन्सी

सन् २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन्।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन एडडमीरले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन्।

जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरू विरुद्ध जारी गरिएको थियो। विज्ञप्तिका अनुसार अक्टोबर –७ देखि कम्तीमा ४५ कैदीहरू इजरायली जेलहरूमा शहीद भएका छन्।

यसैगरी धेरैजना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने दर्जनौँलाई मृत्युदण्ड दिइएको छ।

आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP