Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

ब्लु ल्याण्डस्केप र ग्रीन ल्याण्डस्केपको पूर्वसम्भाव्यताका लागि थालियो छलफल

काठमाडौँ : सहरीकरणले क्षय भएको ब्लु ल्याण्डस्केप र ग्रीन ल्याण्डस्केपको पूर्व सम्भाव्यताको सम्बन्धमा छलफल थालिएको छ। काठमाडौं महानगरपालिकाले ब्लु ल्याण्डस्केप (नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली) र ग्रीन ल्याण्डस्केप (बगैँचा, पार्क, खुला हरियाली स्थान)को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययनमा छलफल गरेको हो।

महानगरले वडाका जनप्रतिनिधि, सचिव, इञ्जिनियर तथा सामुदायिक संघ संस्था र नागरिक समाजका प्रतिनिधिहरूसँग सहरीकरणले क्षय गरेको वातावरणीय अवस्था र यसको प्रभाव सम्बन्धमा छलफल गरेको छ।

विद्यमान संरचनागत अवस्थामा पर्यावरणीय चक्रको अवस्था नवीकरण र सामाजिक, सांस्कृतिकलगायत पक्षसँग अन्तरसम्बन्धित बनाउने सम्भावनाका विषयमा छलफल गरिएको हो। अध्ययनको मुख्य केन्द्र काठमाडौँ महानगरपालिका रहे पनि ललितपुर र उपत्यकाका अन्य क्षेत्र पनि समेटिनेछन्।

‘योजनाबद्ध सहरीकरण नहुँदा विभिन्न खालका असर भोग्नुपरेको छ। यसको सुधारका बारेमा नसोचे आगामी पुस्ताले वातावरणीय असन्तुलनका कारण विपद्, बसोवास प्रतिकूलता जस्ता थुप्रै समस्या भोग्नुपर्ने भएकाले अध्ययन थालिएको सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई बताउँछन्।

‘यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन’, उनले भने, ‘विगतको कमजोरी सच्याउँदै एसियाली विकास बैङ्क (एडिबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको हो।’

आयोगका सदस्य डा. सुरजराज काफ्लेले पहुँचयुक्त सहरीकरणका पर्यावरणीय चक्र अनिवार्य पक्ष रहेको औंल्याउँदै यसलाई बचाई सहर सबैका लागि निर्माण गर्न अध्ययन महत्त्वपूर्ण रहेको बताए।

‘सम्बन्धित पक्षसँग बसेर गरेको योजना समावेशी, कार्यान्वयन योग्य र नतिजा दिगो हुन्छ, भोलि योजना जसले कार्यान्वयन गर्ने हो। उहाँहरूको पृष्ठपोषण लिएर अध्ययन अगाडि बढाउन खोजिएको हो’, उनले भने।

पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापा मानवसहित रैथाने वासस्थान भएका जीव जनावरका लागि अनुकूल वातावरण बनाउन सके मात्र जीवन्त सहर निर्माण हुने धारणा राख्छन्।

काठमाडौँलाई ५ भागमा वर्गीकरण गरेर पर्यावरणीय विकासका लागि योजना, सहरी विपद्, पार्क, हरियाली तथा खुला स्थानको उपलब्धताका विषयमा नक्साङ्कन गरिएको तथ्यका विषयमा पृष्ठपोषण लिइएको थियो। नक्साङ्कनमा बाढी, नदी किनाराका अनौपचारिक बस्ती, सार्वजनिक र संस्थागत खुला स्थान, पार्क, सहरी वनलगायत विषय समेटिएका थिए।

गत असार १७ गतेबाट थालिएको अध्ययन आगामी चैत १८ मा सकिनेछ। अध्ययन, आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, करिडोरहरूलाई हरियाली र इकोलोजिकल चक्र नवीकरण (साइकल र पैदल यात्रामैत्री बनाउने), बागमतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमूना परियोजना सहरी वन, पार्क तथा खुला स्थानको उपलब्धताका विषयमा केन्द्रित हुनेछ।

योसँगै संस्थागत र प्रणालीगत क्षमता विकास, नीति पैरवीलगायत क्षेत्रमा काम हुनेछन्। काठमाडौंको पर्यावरणीय चक्र क्षय भएपछि बाढी, डुबान जस्ता समस्या बढ्दै गएका छन्। परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले, ढुङ्गेधारामा पानी आउन छाडेको छ भने इनार सुकेका छन्।

बर्खाको पानी संकलन हुने पोखरी मासिँदै गएका छ र घाँसे मैदान, खेत, जलमार्गमा समेत क्रंक्रिटका संरचनाका ढाकिदिँदा भूमिगत पानीको सतह क्रमशः घट्दै गएको छ। यसबाट प्राकृतिक मात्र नभई सामाजिक र सांस्कृतिक चालचलनमा असर पुगेको र प्रदूषण बढेको विज्ञहरू बताउँछन्। यससँगै सहरलाई क्रमशः मानववस्ती प्रतिकूलतातर्फ उन्मुख गराएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

‘अध्ययनमा हरित सहरी पर्यावरणीय पूर्वाधार र विकास रणनीतिका प्राथमिकता, अवधारणागत डिजाइन तयार हुनेछन् । यसले इकोलोजिकल चक्र नवीकरण गर्न तथ्य प्रदान गर्नेछ’, अध्ययन उपटोलीनेता एवं सहरी योजनाकार डा. सञ्जय उप्रेती भन्छन्।

उनका अनुसार सहरभित्र र करिडोरमा सवारी चाप बढेपछि वायु प्रदूषणको मात्रा बढेको छ। ‘यो वातावरणीय दृष्टिले नकारात्मक प्रभाव हो, करिडोरमा जैविक विविधता कायम गर्न सकिएन भने अन्तरसम्बन्धित हुनुपर्ने ब्लु ल्याण्डस्केप र ग्रीन ल्याण्डस्केप छुट्टिन्छन्, जुन दुःखद अवस्था हो,’ उनले भने।

काठमाडौंमा गत असोजमा विनाशकारी बाढीजन्य र डुबानजन्य विपद् आइलागेको थियो‚ जुन पारिस्थितिक चक्र बिग्रिएपछि हुने जोखिममध्ये एउटा हो। सहरीकरणमा भवन निर्माणमा मात्र ध्यान दिनु, नदी व्यवस्थापन, किनाराका अव्यवस्थित बसोवास वृद्धि, कमजोर तटबन्ध, क्रसिङ पाइपको कमी, मौसमी उतारचढावसँग नमिल्दो बहाव क्षेत्र, वनस्पति र सिम जमिनको क्षति जस्ता पक्षमा ध्यान नदिँदा यस्तो अवस्था आएको विज्ञहरूको निष्कर्ष छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP