Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

गुल्मीमा हिउँदे धान उत्पादन बढ्यो, बर्खे १४ प्रतिशतले न्यून

गुल्मी : १२ मङ्सिरः जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ। गत वर्ष सात हजार ४३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार २८८ हेक्टरमा त्यो सीमित रह्यो।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बिउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो। गत वर्षभन्दा यो वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ। यो वर्ष बर्खे धान एक हजार २८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रूपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन्।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको केन्द्रका प्रमुख नरेश धितालले बताए।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP