एजेन्सी
काठमाडौं : अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १ दशलमव १५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन्।
९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा परिणत गरेका छन्। आफ्नी पहिलो श्रीमतीको नाममा सुरु भएको सुसान थम्पसन बफेट फाउन्डेसनलाई १५ मिलियन डलर बराबर शेयर दान दिए।
जबकि शेरवुड फाउन्डेशन, द होवर्ड जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनले ३ लाख शेयर प्राप्त गरेका छन्। त्यहाँ कुल लागत लगभग १ दशमलव३ बिलियन अमेरिकी डलर रहेको छ। उनको सम्पत्तिको ठूलो हिस्सा पनि छोराछोरीको नाममा जानेछ।
आफ्नो उमेर ढल्केका कारण उनले आफ्नो मृत्युपछि सम्पत्ति बाँडफाँडका लागि तीन जना उत्तराधिकारी नियुक्त गरेका छन्।
बफेटले यो पनि भने कि भविष्यका निर्णयहरू आफ्ना छोराछोरीको सहमति चाहिन्छ। यो सुनिश्चित गर्न कि परोपकारको काम बाहिरी दबाबबाट प्रभावित हुने छैन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया