Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

रामजानकी विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २५ सय सुरक्षाकर्मी परिचालन हुने

जनकपुरधाम : मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी कडरियाले विवाह पञ्चमी महोत्सवलाई व्‍यवस्थित र सुरक्षा प्रदान गर्न करिब २५ सय सुरक्षाकर्मी खटाइने थाहाखबरलाई बताए।

त्यस्तै, धनुषा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार विवाह पञ्चमीमा सहभागी हुनका लागि आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार ४ सय प्रहरी परिचालन गरिनेछ।

पाकेटमार सहितका अपराध रोक्नका लागि तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गर्नेसमेत बताए।

यसैगरी सीमानादेखि मेलासम्म शान्ति सुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा ७ सय ५ जना सशस्त्र प्रहरी परिचालन गर्नुका साथै अत्यधिक भिड हुने ठाउँमा ड्रोनको साहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले बताए।

स्थानीय गंगासागर र धनुषसागर पोखरीमा बोर्डहरु त्यारी अवस्थामा राखिने र मेलामा स्पोर्ट कुकुरहरु बाहिरबाट ल्याएको जानकारीसमेत दिए।

मेलामा आउने सवारीसाधन तथा भिडलाई व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले १ सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारी साधन तथा हल्का सवारी साधनको पार्किङ स्थलको विषयमा ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरि बहादुर वलीले बताए।

भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको ट्राफिक प्रमुख वलीले समेत जानकारी दिए।

बृहत् जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष शितल साहका अनुसार बाह्र बिघा रंगभूमि मैदानमा २ सय अस्थायी शौचालय,मनिपालमा २० वटा, तिरुतिहागाछीमा ३० वटा , कलवार कुट्टीको अगाडि २०वाट लगायत विभिन्न ठाउँ गरि करिब ५ सय अस्थायी शौचालय निर्माण गर्ने काम अन्तिम चरणमा रहेको बताए।

रामजानकी विवाह पञ्चमी प्रत्यक्ष प्रसारण हेर्नको लागि जनकपुरधामको मुख्य ६ ठाउँमा डिसप्ले लगाउने काम भइरहेको साथै यस वर्ष यात्रुहरुलाइ दु:ख नहोस् भनी २ लाख जनालाई खाना र बासको व्यवस्था गरेको अध्यक्ष साहले थाहा कर्मीलाई जानकारी दिए।

त्यस्तै, खानेपानी संस्थानले ठाउँ ठाउँमा धाराको जडान गर्नुका साथै विद्युत् प्राधिकरणले मेलामा विद्युत् नकाटिने गरी व्यवस्थापन गरेको बताए।

यसका साथै नेपाल टेलिकमले मोबाइलको नेटवर्कमा समस्या नआओस् भन्नका लागि टावरसहितको थप ओवि भ्यानको व्यवस्थापन गर्नुका साथै सडक डिभिजन कार्यालयले सडकमा भएको खाण्डाखुण्डी पुर्ने काम अन्तिम चरणमा रहेको डिभिजन इन्जिनियर दिपक कुमार झाले बताए।

नेपाल रेडक्रसको समन्वयमा मेलाको विभिन्न भागमा एक सय एक वटा निःशुल्क स्वास्थ्य शिविरका साथै दुर्घटनामा परेकालाई रगत निःशुल्क दिने व्यवस्था मिलाएको सभापति नरेश प्रसाद सिंहले बताए।

जनकपुरधाममा मङ्सिर १६ गतेबाट नगर दर्शन शुरु भएर २२ गते रामकलेवासम्म सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महामहोत्सव हुन लागेको छ।

यसपटक भारतबाट पाँच सयको सङ्ख्यामा जन्ती आउनेछन्। श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पंकजको नेतृत्वमा अयोध्याबाट, आजमगढ़, बक्सर पटना, मुजफ्फरपुर, दरभंगा, अहिल्या स्थान, सीतामढ़ी,विशौल,महोत्तरीको मटिहानी हुँदै जनकपुरधाम आउने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णबले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP