Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

थाङ्का बनाएर वार्षिक १५ लाख आम्दानी

रासस

धरान : बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन्। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्।

‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ’, उनी भन्छन्, ‘घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बामा बिक्री हुने गरेको छ। तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ।’

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन्। विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए। उनले १० जनालाई रोजगारी पनि दिएका छन्। उनीसँग थाङ्का बनाउन सिकेकाहरू चित्र कोर्न सिक्नेका लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले बताए।

एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजारमा बिक्री गरे पछि व्यावसायिकरूपमा काम थालेका उनले चार हजारदेखि पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP