Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

नेपाली किशोरीसँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ

सुनसरी : एक १६ वर्षिय बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ५ नेपालीसहित ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी ती किशोरीलाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेई प्रान्त, बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा किशोरीका बाबु उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका—१२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका—३ की २० वर्षीया रोशनीमाया तामाङ छन्।

छिमेकी किशोरीको विवाह पनि चिनियाँ नागरिकसँग भएको र उनको पारिवारिक जीवन राम्रो रहेको पाइएपछि छोरीको विवाह गर्न आफू राजी भएको बालिकाका बुवाले बताएका छन्।

पक्राउ पर्ने चिनियाँ नागरिकमा ३३ वर्षीय चिनियाँ नागरिक लिटेङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र २५ वर्षीय वु हेजी रहेका छन्।

नेपालको कानुनअनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ। यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ मा छ।

पक्राउ परेकाहरू माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP