Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

सरकारी गाडी  प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध

बुटवल । कपिलवस्तुको  शुद्धोदन गाउँपालिका- १ मा उपनिर्वाचनलाई लक्षित गरेर  नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् । 

आज कपिलवस्तुको  शुद्धोधन गाउँपालिका  वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश  विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा  १२९७ नम्बरको लागि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम  खनाल,  झविलाल  पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार  मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले बताए । 

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि अहिले प्रहरी पठाएको   बताए । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP