Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

परराष्ट्रले सार्वजनिक गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण तालिका

काठमाडौं : परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ।

मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले डिसेम्बर २ देखि ५ (मंसिर १७ देखि २० गते) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले उल्लेख गरेको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, प्रतिनिधिसभा सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र संचारकर्मीहरु सहभागी रहनेछन्।

प्रधानमन्त्री नेतृत्वको टोली मंसिर २० गते स्वदेश फर्कनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP