Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएन : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन्।

शुक्रवार काठमाडौँमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)द्वारा आयोजित तेस्रो अन्ताराष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भने पनि व्यवहारमा लागू हुन नसकेको जिकिर गरे। उनले प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको बताए।

उनले संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रममा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्त्वपूर्ण हुने बताए। उनले यस्ता क्रियाकलापबाट नै निजी विद्यालय केवल नाफा आर्जन गर्न मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै तत्पर छन् भन्ने मान्यता स्थापित हुने बताए। उनले नेपालको शिक्षा विकासमा चुनौती रहेको बताए।

प्रचण्डले भने, ‘शिक्षा समाजको शक्ति हो। विकसितभन्दा विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै हुने गर्दछ। जतिसुकै ठूला कुरा गरे पनि सरकारले शिक्षालाई प्राथमिकतामा राख्न सकेको छैन। नेपालको शिक्षा विकासमा चुनौती पक्कै पनि छन्। यी छन्। प्राविधिक, सामाजिक र आर्थिक पक्षसँग पनि सम्बन्धित छ।’

अध्यक्ष प्रचण्डले आगामी अधिवेशनबाट शिक्षा ऐनलाई पारित गर्ने वातावरण बनाउन आफूले पहल गर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP