Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

एमसिसी बोझ भयो, बिआरआईमा विवाद नगरौँ : झलनाथ

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताएका छन्।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्नेकुरा नहुने बताए। उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप लगाए। उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने बताए।

अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसि ऋणभन्दा पनि ठूलो भएको बताए। एमसिसी राष्ट्रका लागि बोझ भएको बताए।

उनले भने, ‘नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता छ। बीआरआई जो बेल्ट एण्ड रोड इनिसिएटिभको रुपमा चीनले अगाडि सारेको छ। यो बारेमा हाम्रो देशमा निकै समयदेखि एउटा विवाद जस्तो पनि भइरहेको छ। बीआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन। बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरु छन्, त्यसमा रोडहरु पनि बनाऔँ भन्ने चीनको धारणा हो।’

सम्मानित नेता खनालले आग्रह, पूर्वाग्रहबाट नभई यथार्थ ढंगले सम्बन्धहरु विस्तार गर्नुपर्ने बताए। उनले नेपाल र चीनको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP