Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

बिआरआईका योजना अनुदानमा अघि बढाउन चीन पोजेटिभ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन्।

चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्ट अन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन्।

देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन्। उनले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताइन्।

उनले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताइन्।

देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताइन्। सो बारेमा चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताइन्।

उनले भनिन्, ‘दुई देशको परास्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने भन्नेमा धेरै जसो छलफल भयो। यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो। नेपालको स्वाधिनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्नेकुरा राख्नुभयो। हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिवद्धता जनायौँ। ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टीभिटी नेटवर्क रहेको छ नेपालको बारेमा धेरे परामर्श भयो। यसलाई अगाडि बढाउने कुरा चल्यो। विभिन्न आयामहरुमा विगतका प्रधानमन्त्रीज्यु, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरुको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ। उहाँहरुले यसलाई पोजिटिभ्ली नै लिनुभयो।’

परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा धेरै विषयहरु अघि बढ्ने अपेक्षा गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP