Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

गगनजीले झुट बोले, उनीप्रति दया लाग्छ : प्रचण्ड’देउवाजीसँग सत्ताको कुरै भएको छैन, गगनले आत्मालोचना गरे हुन्छ’

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली काँग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन्। शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई÷तीनपटक नेपाली काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए।

सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए।

उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए।

जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनको टिप्पणी थियो। काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी गरे। महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए।

उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा। अब तपाईंहरुले सोधिहाल्नुभयो। गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो। अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’

अध्यक्ष दाहालले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिइ ज्यान गुमाएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिएकोमा उद्धव नेपाललाई धन्यवाद ज्ञापन गरे। नेपालले अध्ययन/अध्यापन र शैक्षिक सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको खुशी व्यक्त गरे।

उनले समाजमा पीडामा भएका, सेवा आवश्यक भएका सबैको अभिभावकत्व यथार्थमा राज्यले र सरकारले लिनुपर्ने भए पनि सरकार अहिले एकथोक भनेर अर्कै काम गरिरहेको आरोप लगाए।

उनले भने, ‘समाजमा पीडामा भएका, सेवा आवश्यक भएका सबैको अभिभावकत्व यथार्थमा राज्यले र सरकारले लिनुपर्ने हुन्छ। तर नेपालमा सरकार अहिले भन्ने एउटा, गर्ने अर्को, भन्दाखेरी सबैको अभिभावकत्वको कुरा गर्ने तर लिँदाखेरी कसैको पनि नलिने वा आफ्नै वरिपरिकाको मात्रै लिने प्रचलन पनि छ। अर्को साँचो अर्थमा पीडामा, दुःखमा परेका बालबालिकाहरुलाई वा विमारीहरुलाई, वृद्धवृद्धालाई सबैलाई पनि सहयोग गर्ने अर्को भावना समाजमा पहिलादेखि नै छ। नेपाली कल्चरमा नै यो हुँदै आएको पनि छ।’

अध्यक्ष दाहालले पीडामा भएकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP