Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

भोट हालेर अधिकारको सदुपयोग गर्नुस् : प्रकाशमान

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गरेका छन्।

आइतबार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजोलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। ०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो। मत हालेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताए।

उनले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरु नआए पनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गरे।

उनले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गरे।

उनले भने, ‘बिहानको समय छ। काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला। निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ। बढी भन्दा बढी मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला। यो तपाईंहरुको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला।’

काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिष्पर्धामा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP