Trending
अन्तर्राष्ट्रिय केन्द्र खार्ग टापुमा पश्चिम एसियाको इतिहासकै शक्तिशाली बमबारी समाज यूएई मा बसेर सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली पक्राउ अन्तर्राष्ट्रिय नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा: अमेरिका अन्तर्राष्ट्रिय इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु अपराध जेनजी आन्दोलनका क्रममा फरार दुई जना पक्राउ समाज बैतडीमा एक महिला मृत फेला अन्तर्राष्ट्रिय अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई रुसी तेल किन्न अनुमति दियो खेल एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त समाज मोटरसाइकल धनगढीमा दुर्घटना समाज हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घट्यो

डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। उनले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताइन्।

उनले भनिन्, ‘यदि सरकारले साच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौति गर्दै निःशुल्क भुक्तानीको विकास गर्न आवश्यक छ। त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम शुरु गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ।

नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP