Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

छत्रकोटमा अनियमितता नभएको गाउँपालिकाको दावी, कागतीका २५० विरुवा रोप्न साढे १७ लाख खर्च भएको स्पष्टोक्ति

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष बिरुद्धस्थानीयले प्रदर्शन गरेको र लाखौ अनियमितताभएको सम्वन्धी समाचारप्रति गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाद्धारा प्रकाशित विज्ञप्तीमा गाउँपालिको कार्यालयमा स्थानीयले प्रदर्शन गरेको नभई नेपाली कांग्रेस छत्रकोटले ज्ञापन पत्र बुझाएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि काँग्रेसका स्थानीय नेताहरुले कार्यालय नजिकै विरोधसभा समेत गरेका थिए । उनीहरुले गाउँपालिकामा भ्रष्टाचार भएको, विधि अनुसार काम नगरेको र गाउँपालिका अध्यक्षले एकलौटी गरेको आरोप लगाएका थिए ।

तर गाउँपालिका अध्यक्ष मधृकृष्ण पन्थ र प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थद्धारा हस्ताक्षरित विज्ञप्तीमा भने गाउँपालिकाले गर्ने कामबारवाही पारदर्शी र जवाफदेहि ढङले अगाडी बढाएको तथा सर्बपक्षिय छलफललाई सधै उच्च महत्वका साथ आत्मसात गरी गाउँपालिकाले कार्य गरेको उल्लेख छ ।

रेडियो एन आर एन डटकमसहितका विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएको समाचारमा अध्यक्ष पन्तले गाउँपालिकाका अधिकांश काम आफ्नै डोजर मार्फत् आफैले गराउने गरेको आरोप काँग्रेस नेताहरुले लगाएपनि उहाँले भने आफ्नो डोजर नभएको दावी गर्नुभएको छ ।

अध्यक्ष पन्थले गाउँपालिकामा रहेको बजेट बाँडफाँड गरेर वडा वडामा पठाउनु पर्नेमा वडालाई नदिई आफैले योजना र कार्यक्रमहरु बनाएर आफै काम गर्ने गरेको, गाउँपालिकाको झण्डै ८० लाख र सांसद विकास कोषको झण्डै ५० लाख आफ्नै नियन्त्रणमा राखेकोलागयतका विषयमा भने विज्ञप्तीमा केही लेखिएको छैन ।

पन्तले कागतीका ५० ओटा विरुवा लगाउन २२ लाख रुपैया खर्च देखाएको भन्ने समाचार यसअघि पनि विभिन्न सञ्चार माध्यममा आएको थियो । यस तथ्यांकलाई विज्ञप्ती मार्फत् गाउँपालिकाले सच्याइदिएको छ ।

विज्ञप्तीमा लेखिए अनुसार ५० विरुवा नभई २५० विरुवा लगाउनका लागि २२ लाख नभई १७ लाख ५० हजार रुपैयामा खर्च भएको हो । त्यो खर्च विरुवा रोप्ने भिरालो ठाउँलाई सम्याउनका लागि पनि खर्च भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP