विजयनगर, ६ साउन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ पिपलबोट क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-६ खजहनीका २६ वर्षीय रन्जित प्रसाद मौर्य रहेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा पैदल हिँडिरहेका शंकास्पद अवस्थामा उक्त पदार्थसहित उनलाई पक्राउ गरिएको हाे ।
जाँचका क्रममा उनले लगाएको पाइन्टको दायाँ खल्तीभित्र रहेको कालो प्लास्टिकबाट प्लास्टिकसहित २ ग्राम २ सय ८० मिलिग्राम तथा शुद्ध तौल गर्दा १ ग्राम ६ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पहेँलो पदार्थ बरामद भएको छ ।
साथै उनीसँग रहेको रेडमी कम्पनीको एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका मौर्यमाथि लागुऔषध सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया