Trending
समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन

महिला बलात्कारको आरोपमा डाक्टर सिंह पक्राउ

रौतहटको यमुनामाई गाऊपालिका वडा नं ४ मा रहेको हेल्थ पोस्टका प्रमुख ४५ बर्षिय अ हे ब सुधिर कुमार सिंहलाई बलत्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो।

चितवन घर भएका ३० बर्षिया नाम परिवर्तन मायाले दिएको उजुरीको आधारमा सिंहलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता कार्कीले बताए। सिंहलाई जवरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको र पिडी मायाको स्वास्थ्य परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

प्रहरीले सिंहलाई शुक्रबार साँझ गौरवाट पक्राउ गरेको हो ।पिडित मायाको जिल्ला अस्पताल गौरमा गरिएको छ ।प्रहरीका अनुसार गत मंसिर १८ गते गोरखा गौर रुटमा चल्ने सुवेदि मिनी डिलक्सबाट रौतहटको चन्द्रनिगाहपुर आएकी मायालाई सोही गाडीका सहचालक अविनाश कार्कीले गौर घुम्न जाने भन्दै सोही गाडीमा गौर ल्याएर छाडेका थिए ।

प्रहरीले अनुसन्धानका लागी सहचालक कार्कीलाई पनि नियन्त्रणमा लिएको छ। माया केहीबेर गौर घुमेर सांझ घर फर्कने गौर बसपार्क आउने क्रममा ति मायालाई लिफ्ट दिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएर सिंहले १० कि मि उत्तरमा रहेका सरुअठा हेल्थपोष्टमा लगी चरम यातना दिंदै बलात्कार गरेको पिडित मायाले बयान दिएकी प्रहरीले जनाएका छन्। मायाले दिएकी बयानको आधारमा सिंहले गौर बसपार्क मोटरसाइकल नरोकेपछि सोधखोज गर्दा आफु पनि चन्द्रनिगाहपुर जान लागेको र चन्द्रनिगाहपुरबाटै चितवनको गाडी चढाईदिने भनेर सरुअठा स्थित हेल्थपोष्टमा रातीभरी थुनेर बलात्कार गरेको आरोप लगाएकी प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP