Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

स्वास्थ्य सेवाको गुणस्तर र शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तर र उपचार शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी गरेको छ ।

अस्पतालपिच्छे स्वास्थ्य उपचार सेवाको गुणस्तर र शुल्क फरक–फरक हुने गरेको गुनासो आएका कारण अधिकारसम्पन्न बोर्ड गठन गरेर अनुगमन गर्ने र सोही अनुसार नियमन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

‘स्वास्थ्य संस्थाहरुले दिने सेवा र मूल्यको अनुगमनको आवश्यकता महसुस भएको छ । यसका लागि कानुन नै बनाएर अधिकार सम्पन्न बोर्ड गठनको तयारी भएको छ’ सचिव अर्यालले बुधबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा भने ।

उनका अनुसार उक्त कानुन बनाउनका लागि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर ड्राफ्टको काम चलिरहेको छ ।

हाल ५ देखि १५ शैय्यासम्मको अस्पतालको अनुगमन स्थानीय तहले गर्दै आएको छ । १५ देखि २०० बेड सम्मको प्रदेश सरकारले र २०० बेड भन्दा माथिका अस्पतालहरुको अनुगमन संघीय सरकारले गर्दै आएको छ ।

बोर्ड गठन सम्बन्धी कानुनमा प्रत्यायन प्राधिकरण बन्ने परिकल्पना गरिएको पनि उनले बताए । तर, ड्राफ्टको चरणमा रहेको भन्दै विस्तृत जानकारी दिएनन् ।

‘एग्रिगेसनका कुराहरु बोर्डले हेर्छ । जनस्वास्थ्य ऐनमा भएका कुराहरु यतै ल्याउने कि भन्ने पनि भएको छ । कानुनले अन्तिम रुप लिएपछि विस्तृत जानकारी दिन सकिन्छ’ सचिव अर्यालले अनलाइनखबरसँग भने ।

यसका साथसाथै स्वास्थ्य संग सम्बन्धित आधा दर्जन नयाँ र संशोधित विधेयकहरु निर्माणको चरणमा रहेको सचिव अर्यालले जानकारी दिए ।

‘संक्रामक रोग ऐन, स्वास्थ्य प्रतिष्ठान र विकास समितिहरुको अम्ब्रेला कानुन, अनुसन्धान गर्ने निकाय सहितको नयाँ कानुनको समेत तर्जुमाको काम भइरहेको छ’ अर्यालले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP