मामालाई बाबु बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

सर्लाही –  झुटाे विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन् । 

भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह पक्राउ परेका हुन् । उनले बरहथवा नगरपालिका २ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। 

मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको थियो । 

सिंहले बरहथवा नगरपालिका २ को वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाइ नागरिकता लएका हुन् । 

भारतीय मुलका भान्जालाई नागरिकता बनाइ दिने मामा फरार रहेकाले उनको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP