Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

मामालाई बाबु बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

सर्लाही –  झुटाे विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन् । 

भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह पक्राउ परेका हुन् । उनले बरहथवा नगरपालिका २ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। 

मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको थियो । 

सिंहले बरहथवा नगरपालिका २ को वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाइ नागरिकता लएका हुन् । 

भारतीय मुलका भान्जालाई नागरिकता बनाइ दिने मामा फरार रहेकाले उनको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP