Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

नेकपाकाे आधिकारिकताबारे आयोगले कुनै निर्णय गरेकाे छैन : आयुक्त पाैड्याल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रवार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाकाे ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले चुनाव गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताउनुभयो ।

नेता नेम्वाङले निर्वाचन आयोगले ढिलो नगरि काम अगाडि बढाउनुपर्ने भन्दै चुनावकाे काममा आफूहरूको सहयोग र समर्थन रहने पनि बताउनुभयो । निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले चुनाव तयारीक सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुभएको थियो ।

आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले चुनाव तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिनुभयो । आयोगले चुनावसम्बन्धी तयारी गर्न ढिला गर्न नहुने उहाँको भनाइ छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइ सकेको पनि बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले भने छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहे पनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकाले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदैँ नेता राजेन्द्र पाण्डेले अध्यक्षद्वयकाे सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताउनुभयो । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरि दल दर्ताको सूचना निकाल्नु नहुने उहाँको भनाइ छ । आयोगले चुनाव गराउने उद्देश्य नराखेको उहाँको भनाइ छ । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उहाँले टिप्पणी गर्नुभयो ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेस नगरेको बताउनुभयो । आयोगले चुनावकाे तयारी गरिरहेको उहाँको भनाइ छ ।
निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP