महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत र लेखापाल पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सूचना र विज्ञापन दिएबापत घुस मागिरहेको अवस्थामा उनीहरुलाई ३० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यस्तै रुपन्देहीको विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP