Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रितमद्धारा आत्मसमर्पण

कपिलवस्तु १७ पुस । कपिलवस्तु प्रहरीको  सर्वाधिक खोजीमा रहेका शुद्धोधन गाउपालिकाका  प्रितम पाण्डेले कपिलवस्तु जिल्ला अदालत समक्ष आत्म समर्पण गरेका छन् । तत्कालिन माओवादीका नेता शिवपुजन चौधरीको हत्या अभियोग सहित पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले ३ मुद्दामा ११ वर्षभन्दा बढी कैद सजाय तोकेको थियो ।  अन्य ४ हत्या र डाँका चोरी अपराधमा उनको संलग्नता रहेको प्रहरीको प्रतिबेदनमा उल्लेखछ । 

     पाण्डेले आफुमाथि राजनैतिक प्रतिशोध स्वरुप मुद्धा लगाइएको दावि गर्दै आएका छन् । केहि समय यता नेपाली कांग्रेसको राजनीति प्रति लगाव भएपनि लामो  समय देखि  उनी सार्वजनिक भएका थिएनन् । बेला बखत कपिलवस्तुका महत्वपूर्ण  घटनामा क्षेणिक देखा परेपनि  सार्वजनिक रुपमा हिडडुल नगर्ने पाण्डे पछिल्लो समय विरामी अवस्थामा रहेको र भारतीय अस्पत्तालमा उपचार भई रहेको उहाकी पत्नी एवम शुद्धोधन गाउपालिकाका उपाध्यक्ष सुधादेवि पाण्डेले वताउदै आउनु भएको थियो ।

    अदालतले कैद सजायनै तोकेपछि  आत्मसमर्पण पश्चात कानुनी वाटो अपनाउने मानसिकताले उनी बीहिवार (आज) मुद्धाको पेशी परेका वखत अदालत समक्ष आत्म समर्पण गरेका थिए । उनको बयान तथा सुनुवाई हुन नसकेपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो । शारिरीक अवस्था कमजोर  र अस्वथ्य देखेपछि प्रहरीले पाण्डेलाई तौलिहवा स्थित अस्पत्तालमा भर्ना गरेर उपचार गराउन शुरु  गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP