फेरि हिमपात र वर्षाको सम्भावना

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डाैसहित धेरै ठाउँमा चिसो बढेकाे छ ।

साेमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । साेमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उहाँले बताउनुभयो । साेमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत हुने मौसमविद् नगरकोटीले बताउनुभयो ।  शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP