प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’, प्रमुख भन्छन : नियम मिच्नेको पद र अनुहार हेरिन्न

काठमाण्डाै – ट्राफिक प्रहरीले ट्राफिम नियम मिच्ने नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ । अनामनगरको आप्का हाउस अगाडी सडक छेउमा पार्किङ गरेको ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको हो ।

‘ह्विल लक’ गरेको गाडीलाई चिट काटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि पनि नेपाल प्रहरीका डीआइजीको गाडीमा ‘ह्विल लक’ गरेको थियो । 

‘ट्राफिक नियम मिच्नेको पद र अनुहार हेरिन्न, नियम अनुसारको कारबाही भोग्नैपर्छ’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष भीम ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सोर्स फोर्स भन्ने कुरा नसोचे हुन्छ, ट्राफिक प्रहरीले आफ्नो ड्युटी निभाउछ ।’

उहाँले अहिले काठमाण्डाै उपत्यकामा अनाधिकृत पार्किङ र लेन अनुशासनमा निकै कडाइ गरिएको र ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई सीसीटीभी फुटेजको आधारमा कारबाही भैरहेको पनि जानकारी दिनुभयो । 

तश्बिर : सूजन ढुंगानाको ट्वीटबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP