Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रथम माघी (खीचडी) महोत्सव दोस्रो दिन दर्शकको घुइचाे ।।

सीता बेल्बासे ,कपिलबस्तु माघ ६ –

प्रथम माघी (खीचडी) महोत्सव आज सोमबार दोस्रो दिन उत्साहजनक दर्शकको सभागीता रहेको छ । थारु समुदायको सस्कृती बचाई राख्न थारु समुदायका रितिरिवाज मौलिकताको जर्गन गर्नुको साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने थारु सस्कृति लाई बचाई राख्न सबैको आवश्यक रहेको लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

यस्तै महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकार अञ्जु कुस्मी, राज कुस्मी, प्रमिला चौधरी,हरिनारायण थारु, खेम चौधरी, सुनिता दहित,लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाएको साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिनु भयो ।
त्यसै गरी भोलि पनि सरगम चौधरी, सुनिता दहित,सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।
साथै प्रथम माघी (खीचडी) महोत्सवमा थारु आईडन पनि सन्चालन भएको छ । जसमा न्यु साथि युवा क्लव चन्दपुर,आर्दश युवा क्लव मदरहवा,न्यु लुम्बिनि वाल क्लव उदयटोल,बाणगंगा नगरपालिका ११ हयौसा गाँउ समाज, न्यु प्रगति वाल क्लव चैनपुर, ज्ञानज्योति युवा क्लव उमरी,शान्ति सृजना युवा क्लव रहटकोल,देविस्थान असल शासन युवा क्लव बलुहवाको सहभागि रहेको आइडल महादेव थारुले बताउनु भयो । माघी (खीचडी) महोत्सव माघ ५गते देखि सुरु भई माघ ७ गते सम्म सन्चालन हुने महोत्सव संयोजकले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP