Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इङ्ग्ल्यान्डको खराब सुरुवात

काठमाण्डाै – घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।

लर्ड्समा भइरहेकाे टेस्टको दोस्रो दिनको खेल सकिँदासम्म इङ्ग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा इङ्ग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ । इङ्ग्ल्यान्डका कप्तान जोए रुट ४९ रनमा अविजित रहेका छन् ।

भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले ।

रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए । रविन्द्र जडेजाले ४० तथा ऋषब पन्तले ३७ रन बनाए । पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP