Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

माओवादी केन्द्र कपिलवस्तुको वैठक सम्पन्न

कपिलवस्तु,-नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । बुधवार गोरुसिगेमा बसेको बैठकले केन्द्रीय निर्देशन अनुसार जिल्लामा पार्टीलाई थप मजबुत बनाउने र आगामी ४ गते हुने वडा सम्मेलनको तयारी सँगै जिम्मेवार बाँडफाँड समेत गरिएको छ ।

बैठकमा दश वटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिले सदस्यता नवीकरणको विषयमा रिपोर्टिङ गरेका थिए । जिल्लामा हाल सम्म ७ हजार सदस्यता अनलाइनमा ईन्ट्री भइसकेको र १ हजार इन्ट्रीको तयारीमा रहेको जिल्ला कार्यालय सचिव सरोज खनालले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कमल चुदालीलले पार्टीको विधान,निर्वाचन कार्यविधि बमोजिम मङ्सिर ४ गते वडा सम्मेलन गर्न निर्देशन दिनुभयो । स्वच्छ रूपमा निर्वाचन गरी नयाँ नेतृत्व सहित पार्टीलाई थप मजबुत बनाउनुपर्ने जिकिर गर्नुभयो ।

बैठकले वडा सम्मेलनको लागि सम्पूर्ण जिल्ला सदस्य र पालिका अध्यक्ष तथा इन्चार्जलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला संयोजक रामचन्द्र शाह(विष्णु)ले बताउनुभयो । सम्मेलनको तयारी पुरा भएकोले आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।

बैठक जिल्ला संयोजक रामचन्द्र शाहको अध्यक्षता,जिल्ला इन्चार्ज कमल चुदालीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार सदस्य रामलौटर तिवारी,ज्येष्ठ कम्युनिस्ट मंन्चका केन्द्रीय सदस्य भानुप्रकाश श्रेष्ठ,नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे,प्रदेश सदस्य जनी बन्जाडे,सत्यनारायण त्रिपाठीको सहभागितामा भएको बैठकको सञ्चालन जिल्ला कार्यालय सचिव सरोज खनालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP