Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

कांग्रेस कपिलवस्तुको प्रदेश सभा निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा, कृष्णनगर क्षेत्रमा मात्रै निर्विरोध !

दीपा महत, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुमा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । शनिबार विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकेको कांग्रेसले शुक्रबार उम्मेदवारी दर्ताको काम सम्पन्न गरेको छ ।

६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक अन्य ५ क्षेत्रमा चुनावी प्यानल खडा भएको छ । प्रतिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ । यद्यपि अरु पदाधिकारीमा के भयो उक्त क्षेत्रको निर्वाचन समितिले सबै नतिजा सार्वजनिक गरेको छैन् । यो कृष्णनगर क्षेत्रमा पर्दछ ।

सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा यसभन्दा अगाडि सम्पन्न १० वटै स्थानीय गाउँ तथा पालिका अधिवेशनमा चुनावबाट नेतृत्व छनौटले प्रष्ट पारेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधिसभा १ को ‘क’ मा दुर्गा केसी र मंगल प्रसाद थारु बीच प्यानलै खडा भएको छ । दुवै पक्षले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् । केसी देउवा प्यानलबाट चुनाव लड्नुभएको हो भने थारुलाई पौडेल प्यानलको समर्थन छ ।

प्रदेश सभा ‘ख’ मा बलीउद्धिन मुसलमान र प्रमेश्वर पाठक बीच प्रतिस्पर्धा हुने भएको छ । मुसलमानलाई अतहर कमाल मुसलमान र सुरेन्द्रराज आचार्य लगायतको साथ छ भने पाठकलाई दीपकुमार उपाध्याय, राजेश आचार्यको समर्थन रहेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा रावेन्द्र सिंह र चन्द्रराम यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । यद्यपि स्रोतका अनुसार यादवलाई उम्मेद्वारी थुताएर सिंहलाई समर्थन गर्न कांग्रेस नेतृत्व लागिपरेको छ ।

यता प्रदेश सभा ‘ख’ मा गिरिजेश पाण्डेय र प्रकाश गैरेले सभापतिको लागि उम्मेद्वारी दर्ता गराउनुभएको छ । पाण्डेय तत्कालिन क्षेत्र नं. २ का क्षेत्रिय सभापति हुनुहन्छ । गैरेसंग चुनावमा होमिनुभएका पाण्डेयलाई नेता सुधाकर पाण्डेय लगायतको समर्थन छ । गैरेलाई भने कांग्रेसको पौडेल पक्षले समर्थन गर्ने प्रवल सम्भावना देखिएको स्रोतले जनाएको छ ।

प्रतिनिभिसभा ३ अन्तरगत प्रदेश सभा ‘क’ मा गोविन्द केसी र देवबहादुर भारती बीच सभापतिका लागि उम्मेद्वारी परेको छ ।

कांग्रेस कपिलवस्तुको निर्वाचन गराउने जिम्मेवारी पाउनुभएका निर्वाचन अधिकृत घनश्याम पन्तले सभापति बाहेक कतिपय क्षेत्रका पदाधिकारी सर्वसम्मत चयन भैसकेका मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सबै क्षेत्रको नतिजा अझै आइनसेको भन्दै निर्वाचन अधिकृत पन्तले शनिबार साँझसम्म सबै क्षेत्रको नतिजा आउने बताउनुभयो ।

यता उम्मेद्वारी दर्ता गरेसंगै उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न लागिपरेका छन् । आ-आफ्ना मतदाता समक्ष उम्मेदवारले चुनावी जितेपछि आफुले गर्ने काम सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP