Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

एजेन्सीअष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ।

त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश छन्। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन्।

‘योग्य भिसा धारकमा दक्ष र विद्यार्थी समूह, साथै मानवीय, काम गर्ने छुट्टी बनाउने र अस्थायी पारिवारिक भिसा धारक आदि समावेश गरिएका छन्।’ उनका अनुसार यी परिवर्तनले यो सुनिश्चित गर्नेछ कि ‘हामीले अष्ट्रेलियालीको स्वास्थ्यको रक्षा गर्दै विछोडमा परेका परिवारलाई पुनर्मिलन गर्दै आर्थिक पुनोरोत्थानको कामलाई पनि बढावा दिनेछौँ।’

यी व्यवस्थाहरू अन्तर्गत मोरिसनले यात्रुहरूले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन ९त्न्ब्द्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ। ‘अष्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउनेछ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान् कामदारहरू प्रदान गर्ने र हाम्रो महत्त्वपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्ने छ, मोरिसनले भने, ‘अष्ट्रेलियाले महिनौंको कडा महामारी प्रतिबन्धपछि नोभेम्बर १ मा क्वारेन्टिनमुक्त यात्रुका लागि आफ्नो सीमा फेरि खोलेको छ । गत वर्ष मार्च २० मा, अष्ट्रेलियाले कोरोनाभाइरस महामारीको प्बढ्दो सङ्क्रमण नियान्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको  थियो । अष्ट्रेलियाले १८ महिनासम्म अनुमतिबिना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP