Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

कपिलवस्तुमा आगलागी : गाउँ नै सखाप


माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,२१ चैत
गर्मीयाम सुरु भएसगै आगलागीका कारण कपिलवस्तुमा ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ । हावाहूरीमा स्थानियहरुले सर्तकता नअपनाउँदा वर्षेनी यस्ता घट्ना हुने गरेका छन् । शुक्रवार मात्र जिल्लाको बिजयनगरको एक गाउँ आगलागीले सखाप भएको छ । गाउँमा रहेका ४९ घरगोठ नष्ट भएका हुन् । फुसले छाएका घरहरु हुदाँ झनै जोखिम बढेको छ । २५ वटा घर र २४ वटा गोठ जलेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।
सदरमुकाम तौलिहवा वाट करिव ५० किलोमिटरको दुरीमा रहेको बिजनगर गाउँपालिका १ गुगौलीमा दमकल नपुग्दै गाउँ सखाप भएको हो । दिउसो करिव ४ बजे लागेको आगो २ घण्टा पछि प्रहरी र स्थानियहरुले नियन्त्रणमा लिएका थिए । कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवा वाट दकमल बोलाइएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । स्थानिय काशिराम यादवको घरवाट सुरु भएको आगाले छिमेकमा रहेका फुसका घर तथा गोठहरु जलेका छन् । खाद्यान्य सामाग्री,लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरिक्षक नेपालले बताउनुभयो ।
दिउसोको खाजा पकाएपछि आगो ननिभाउदा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । आगोवाट कुनै मानविय क्षति भएको छैन् ,भने गाईबस्तुलाई पनि स्थानियहरु सुरक्षित गरेका थिए । अग्निपिडितहरुलाई गाउँपालिकाले राहतको व्यावस्था गर्ने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP