Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

उद्योगमा तालाबन्दी भए बैंकहरूमा ताला लगाउँछौँ : व्यवसायी

घोराही : उद्योगी व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन्।

बैंकले वृद्धि गरेको ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन्। बैंकको ब्याजको विरोधमा अहिले देशभर आन्दोलन भइरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बुधवार विरोध कार्यक्रम आयोजना गरेका हुन्।

विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग सम्बोधन गर्न भन्दै ज्ञापनपत्र पेश गरेको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए।

आन्दोलनमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघहरू, दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, वस्तुगत समिति तथा विभिन्न संघ संस्था सहभागी छन्।

आन्दोलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले राष्ट्र बैंकको ज्यादतीका विरोधमा आफूहरू चुप लागेर नबस्ने बताए। उनले बैंकहरूले व्यवसायीलाई धम्क्याउन तत्काल बन्द नगरे देशभरका व्यवसायीहरू आन्दोलित हुने पनि चेतावनी दिए।

त्यस अवसरमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल प्रधानले देशभर बैंकहरूको चर्को ब्याजदरको भार थेग्न नसकेर ६ जना व्यवसायीले देह त्याग गरेको जानकारी दिए।

उनले सातै प्रदेशका अध्यक्षहरूको सहकार्यमा देशैभर एकैपटक एउटै समयमा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको समेत जानकारी दिए।

उक्त अवसरमा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले व्यवसायीहरू साँवा र ब्याज तिर्न तयार भएको अवस्थामा बैंकहरूले मानसिक तनाव दिन नमिल्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP