बाँकेमा प्रहरीले गोली चलायो

बाँके
चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ ।

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार अभियुक्त नरेन्द्र न्यौपानेलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका न्यौपानेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाइएको छ ।

बाँकेको बैजनाथमा संयुक्त राष्ट्र संघ ९युएन०को गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेविरुद्ध अदालतले ६ वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतले २०६८ सालमा नै उनीविरुद्ध सजाय तोकेपनि उनी भने लामो समयदेखि फरार थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP