Trending
राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज राजनीति खानी उत्खनन गर्न सके मुलुकलाई फाइदा पुग्छ : मन्त्री भण्डारी राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको ‘क्लिन स्वीप’

काठमाण्डाै – न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ।

जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय १२ रन जोडे । कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन/तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP