Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ ।

चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० मंसिर मसान्तभित्र काम सकिने सम्भावना न्यून भएको छ ।

ठेकेदार कम्पनीका अनुसार अझै ६ किलोमिटर लामो सडक विस्तारको काम सक्न ४५ करोडभन्दा बढी रकम आवश्यकता पर्छ । बजेट अभावमा कामै रोकिने सम्भावना बढेपछि सरकारले १०/ १२ करोड रकम दिनका लागि फाइल उठाउने तयारी गरेको स्रोतको भनाइ छ । यो पनि अझै पर्याप्त रकम होइन ।

सडक विस्तारको झण्डैं ८० प्रतिशतभन्दा बढि भौतिक प्रगति छ । निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए ३ महिना भित्र सबै काम सक्ने दाबी गरे । तर, बजेट कै अभावमा काम नै रोकिने हो कि भन्ने चिन्ता थपिएको उनको भनाइ छ ।

‘चाडपर्व पनि सकिए, हिउँद पनि लाग्यो, सरकारले ठेक्का लागे अनुसारको रकम उपलब्ध गराए हामीलाई काम सक्न कुनै समस्या छैन, साइट पनि लगभग क्लियर भएको छ, महानगर अगाडिको खानेपानीको केही काम काम बाँकी छ, खड्काले भने, ‘सबै सहजीकरण भएको खण्डमा कामले गति पाउँछ, हामी तयारी अवस्थामा नै छौं ।’

उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुत गतिमा काम गर्न नसकिएकोले ठेक्काको म्याद थपका लागि प्रकृयासमेत अगाडि बढाएको बताए ।

टिकौली जंगलको छेउ गोन्द्राङ्गदेखि चौविसकोठीसम्म र चौंविसकोठीदेखि भरतपुर ओरालोसम्मको मूल सडक पिचको काम गरिएको छ । अझै माथिल्लो लेयर भने बाँकी नै छ । सबैभन्दा बिजोग नारायणगढ बजार क्षेत्रमा छ ।

दुवैतर्फका सर्भिस लेनमा काम रोकिंदा बजारमा व्यवसाय गर्नेहरु आक्रान्त बनेका छन् । बजार क्षेत्रका लायन्सचोक, पूल्चोक लगायतका क्षेत्र धूलाम्य छन् ।

एक अर्ब २३ करोडको कुल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डैं ८० करोड रकम भुक्तानी लिइसकेको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिहँदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । थप बजेट सरकारले नदिए सडक विस्तारको काम प्रभावित हुने देखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौंमा शिलान्यास गरेको सडक विस्तारको म्याद २०७९ फागुनमा सकिएपछि २०८० मंसिरसम्म म्याद थप गरेको थियो ।

समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायीहरू मर्कामा परेका छन् । उद्योग बाणिज्य संघ चितवनले सडक विस्तारले व्यवसाय चौपट भएको भन्दै सडक डिभिजन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा चाडैं काम सक्न माग गर्दै दवाव दिंदै आएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP