Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

काठमाडौंका ८७ विद्यालयमा १२ हजार बढी विद्यार्थी भर्ना लिन सकिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता रहेको जनाएको छ। महानगरपालिकाका अनुसार सामुदायिक विद्यालयको संख्या ८९ छन्।

८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार यीमध्ये ३ वटा कारागारभित्र छन्। ४ वटा विशेष विद्यालय हुन्। एउटा रात्रि विद्यालय र एउटा संस्कृत छन्। रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ। गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरेका थिए।

यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ। विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए।

उनका अनुसार पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरूले अध्ययन गरे। यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ। गएको वर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भए। यी क्षमतालाई पूर्ण बनाउने यस वर्ष प्रयास हुनेछ।

३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको वर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरे। यस कक्षको पूर्ण क्षमताका लागि चालू शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना हुनुपर्छ।

गएको वर्ष २ हजार ५७८ जना विद्यार्थीले अध्ययन गरेको कक्षा २ को क्षमता ३ हजार ३२७ जनाको हो। यो कक्षामा शैक्षिक सत्र २०८१ मा ७४९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ।

२ हजार ६४३ जनाले गएको वर्ष कक्षा ३ मा अध्ययन गरेका थिए। यो कक्षाको क्षमता ३ हजार ३५९ जना हो। कक्षाको पूर्ण क्षमताका प्रयोग गर्न चालु शैक्षिक सत्रमा ७१६ ले बढी विद्यार्थी भर्ना गर्नुपर्छ।

कक्षा ४ मा गएको बर्ष २ हजार ९६१ जना विद्यार्थीले अध्ययन गरेका थिए। यो कक्षाको क्षमता ३ हजार ६ सय हो । यो कक्षामा ६३९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ।

कक्षा ५ को क्षमता ३ हजार ८ सय रहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार गएको वर्ष यस कक्षामा ३ हजार १४४ विद्यार्थीले अध्ययन गरेका थिए। यस कक्षामा थप ६५६ जना विद्यार्थी भर्ना लिन सकिन्छ।

गएको बर्ष ३ हजार ५४२ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ६ को क्षमता ४ हजार ४०५ जनाको हो। यस कक्षामा ८६३ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ। कक्षा ७ को क्षमता ४ हजार ५३८ जनाको हो। यस कक्षामा गएको शैक्षिक सत्रमा ३ हजार ९४४ विद्यार्थीले अध्ययन गरेका थिए। यो वर्ष थप ५९४ जना विद्यार्थी भर्ना हुँदा कक्षा पूर्ण क्षमताको हुन्छ।

कक्षा ८ को क्षमता ५ हजार २१० जना विद्यार्थीको हो। यस कक्षामा गएको बर्ष ४ हजार ६५१ जना विद्यार्थीले अध्ययन गरेका थिए। यस कक्षामा ५५९ जना थप विद्यार्थीको भर्ना गर्न सकिन्छ।

कक्षा ९ मा गएको वर्ष ४ हजार ९५८ जना विद्यार्थीले अध्ययन गरेका थिए। यस कक्षाको क्षमता ५ हजार २५६ जनाको हो। यस वर्ष २९८ जना थप विद्यार्थी भर्ना गरे कक्षा पूर्ण क्षमतामा उपयोग हुनेछ।

कक्षा १० मा गएको बर्ष ३ हजार ९५३ जना विद्यार्थीले अध्ययन गरेका थिए। महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रूपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP