Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी


पर्वत : जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाका बेरोजगार रहेका तथा अस्थायी रूपमा सरकारी सेवामा काम गरिरहेका कर्मचारीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार सरकारी सेवामा बिहादी गाउँपालिकाका व्यक्तिहरू कम रहेको तथा आर्थिक समस्याका कारण अध्ययन गर्न समस्यामा परेकाहरूलाई केन्द्रित गरेर कक्षा सञ्चालनको तयारी गरिएको हो। लोक सेवा, शिक्षा सेवा, बैंक सेवा, संस्थान लगायतमा सेवा गर्न इच्छुक भएर पनि यसको तयारीको बारेमा अलमलमा परेकाहरूलाई पनि यो कार्यक्रममा समेटिने छ।

‘सरकारी सेवामा बिहादी गाउँपालिकाको उपस्थिति कम भएको अवस्था छ। विभिन्न सेवामा प्रवेश गर्न इच्छुकहरूलाई आवश्यक तयारी सामग्री खरिद गर्ने तथा कक्षा लिनेमा पनि कतिपयले समस्या भोग्नुभएको छ’, अध्यक्ष गुरुङ भन्छन्, ‘हामीले कम मूल्यमा गुणस्तरीय कक्षा सञ्चालनका लागि तालिम प्रदायक संस्थासँग कुरा गर्ने छौँ। गाउँपालिकाका युवा युवतीले उक्त कक्षामा निःशुल्क रूपमा अध्ययन गर्नुहुन्छ।’

बेरोजगार रहेकाहरू बाहेक अस्थायी सेवामा रहेकाहरू पनि अस्थायी मानसिकतामा हुने भएकोले उनीहरूलाई समेत तयारी कक्षामा समावेश गर्न लागिएको हो। अवसर दिएमा अस्थायी रूपमा काम गरिरहेका कर्मचारीहरू र शिक्षकहरू समेत स्थायी सेवामा प्रवेश पाउने सम्भावना रहेकोले उनीहरू पनि समेटिएका हुन्।
गाउँपालिकाले केही दिन पहिले नै इच्छुकहरूबाट आवेदन माग गरेर कक्षा सञ्चालनको तयारी थालेको थियो।

हालसम्म एक सय १७ जनाको निवेदन आएकोमा तालिम सुरु गर्ने भनिएको भए पनि धेरैलाई अवसर दिनका लागि यो सङ्ख्या दुई सय पु¥याउन लागिएको छ। आवश्यक परेको लगानी गाउँपालिकाले गर्ने तर जतिसक्दो धेरैलाई कक्षामा सहभागी गराउने निर्णय अनुसार थप केही दिन पर्खिएर बाँकी रहेका इच्छुकहरूबाट पनि आवेदन माग गरिएको छ।

हालसम्म फाराम भरेका एक सय १७ जनालाई भने कक्षा सुरु हुनुपूर्वको अभिमुखीकरण समेत प्रदान गरिसकिएको छ। विभिन्न सेवा आयोगको बारेमा जानकारी, स्थायी सेवाका अवसर र चुनौती, शिक्षक तथा कर्मचारीहरूले समाज र देशको लागि गर्नुपर्ने योगदान, कर्मचारीहरूमा हुनुपर्ने गुण र सीपको विकास लगायतका बारेमा अभिमुखीकरणमा जानकारी गराइएको छ।

सात वटा स्थानीय तहहरू रहेका पर्वतका अन्य स्थानीय तहहरूले पनि बेला बेलामा यस्तै खालका तयारी कक्षाहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आइरहेका छन्। पर्वतका धेरै व्यक्तिहरू शिक्षक सेवा र निजामती सेवामा कार्यरत रहँदा नयाँ पुस्ताहरूमा पनि शिक्षक सेवा र लोक सेवाको आकर्षण कायमै रहेको छ। युवाहरूको मागकै आधारमा स्थानीय तहहरूले कक्षा सञ्चालन गर्ने गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP