Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

नेपालमा लगानीको वातावरण बनेको छ : शंकर पोख्रेल


२३ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् ।

प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा पोख्रेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताएका हुन् । ‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको छ’, उनले भने ।

जापान-नेपाल विकास मञ्चका सभापति एवम् पूर्वसंसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा.दुर्गाबहादुर सुवेदी, नेकपा एमालेका केन्द्रीय सदस्य डा.सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा नेपालमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफलमा जोड दिइएको थियो ।

छलफल नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाउन तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोगी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP