Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

नेकपाका अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता बुधबार पनि बिना निष्कर्ष टुंगियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) मा चुलिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा भएको वार्तामा कुनै ठोस सहमति जुट्न सकेन । उहांहरु बीच बिहीबार फेरि वार्ता हुने बताइएको छ । पार्टीभित्रको विवाद मिलाउन उहांहरु विगत तीन दिनदेखि निरन्तर संवादमा हुनुहुन्छ ।

बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीको राजीना मागे पनि ओली दुबै पदबाट राजिनामा नदिने अडानमा हुनुहुन्छ ।

ओलीसँगको वार्ताबारे प्रचण्डले ओली इतरका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई गर्ने गरिएको ‘ब्रिफिङ’ मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्छ भन्ने आफ्नो अडान यथावत् रहेको बताउदै आएका उहां निकट नेताले बताएका छन् ।

ओली इतर समुहका नेताहरूको दबाबका कारण पार्टी अध्यक्ष प्रचण्ड आफ्ना अडानबाट पछि हट्न सकिहाल्ने स्थिति कमै देखिएको छ ।ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके पार्टी एकल रूपमा सञ्चालन गर्न पाउने गरी सहमति गर्नुपर्ने प्रचण्डनिकट नेताहरूको मत छ । यसका लागि दोस्रो तहका नेताहरू समेत छलफलमा सक्रिय छन् ।

तर प्रधानमन्त्री ओलीनिकट स्रोतले भने दुई नेताबीच विषयमा कुनै प्रगति नभएको बताएका छन् । अहिलेलाई प्रचण्डले एकल रुपमा पार्टी सञ्चालन गर्न दिने गरी सहमतिको विन्दु पहिल्याउन सकिने र ओलीलाई सरकार चलाउन दिने सहमति गरे विवाद समाधान हुने प्रचण्ड निकट नेताहरुको भनाई छ ।

मंसिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजनमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति थियो ।

तर उक्त सहमति विपरित ओली प्रस्तुत भएपछि प्रचण्ड पक्षको असन्तुष्टि बढेर दुवै पदबाट ओलीको राजीनामा माग गर्ने तहमा पुगेको हो । त्यसमा खनाल र नेपालसहितका नेताले साथ दिएपछि ओली चर्को दबाबमा हुनुहुन्छ ।

यता पछिल्लो समय पार्टीमा अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर विवाद चुलिएसँगै यही असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक चार पटक स्थगित गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP