Trending
राजनीति बजेटमा केही नयाँ कुरा त आयो तर श्रोत,साधानसँग जोड्ने कार्यक्रम पाइन : जनार्दन राजनीति बजेटमा केही नयाँ कुरा त आयो तर श्रोत,साधानसँग जोड्ने कार्यक्रम पाइन : जनार्दन राजनीति आधारभूत मूल्य र सीमालाई अनुशरण गरेर बजेट ल्याएको छु : अर्थमन्त्री पौडेल राजनीति म एमालेको झोले हुँ : प्रधानमन्त्री ओली राजनीति सडक शिलान्यास गर्न प्रधानमन्त्री भोलि जनकपुर आउने राजनीति ‘राष्ट्रिय हित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढे एमालेले एकल बहुमत ल्याउँछ’ समाज चक्रपथमा १ घण्टा चक्काजाम साहित्य लघुकथा- फुटपाथ राजनीति नारायणहिटी क्षेत्रलाई निषेधित घोषणा गर्नु सरकार डराएको प्रमाण हो : राजेन्द्र लिङ्देन राजनीति बुढी गण्डकी आयोजनाको ओली सरकारले घाँटी छनाल्यो : बाबुराम

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्र सङ्घको हानी नोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यस विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए।

कतिपय ठूला धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र हिमालहरूको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताए। कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाललगायत सहभागी थिए।

कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो। कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकासित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन्।

अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा ढकाल बोर्डको आमन्त्रित सदस्य रहेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP