कपिलवस्तुमा भेटिएका २ हजार ३ सय १४ पुरातात्त्विक सिक्का संग्रहालयलाई हस्तान्तरण

कृष्णनगर, ५ साउन ।

कपिलवस्तु नगरपालिका-५ बभनी स्थित पोखरी क्षेत्रमा फेला परेका २ हजार ३ सय १४ ओटा पुरातात्त्विक सिक्का प्रहरीले सुरक्षित रूपमा संरक्षणका लागि कपिलवस्तु संग्रहालय तिलौराकोटलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्थानीयले पोखरीमा तामाको जस्तो देखिने करुवा (घैँटो) भित्र पुरातात्त्विक सिक्का फेला परेको जानकारी प्रहरी चौकी मर्यादपुरलाई दिएका थिए । प्रहरीले घटनास्थलमा पुगेर करुवालाई सुरक्षित रूपमा सिलबन्दी गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कपिलवस्तु संग्रहालय तिलौराकोटका कर्मचारी तथा सञ्चारकर्मीको रोहबरमा करुवा खोलेर हेर्दा भित्र २ हजार ३ सय १४ ओटा तामाको जस्तो देखिने पुरातात्त्विक सिक्का रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका  अनुसार करुवा र त्यसमा रहेका सबै पुरातात्त्विक सिक्का संरक्षण तथा अध्ययनका लागि कपिलवस्तु संग्रहालय तिलौराकोटलाई मंगलबार हस्तान्तरण गरिएको छ ।

प्रहरीले यस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्वका वस्तु फेला परेमा आफैं राख्ने वा बेचबिखन गर्ने प्रयास नगरी तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन सबै नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP