Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

गाडी चलाउने बारे व्यवसायी विभाजित, एउटा समुह आजदेखि सडकमा, अर्को समुह छलफलमै

काठमाडौँ । सार्वजनिक सवारी साधन संचालन गर्ने बारेमा यातायात व्यवसायीहरु नै विभाजित भएका छन् । व्यवसायीहरुको एउटा समूहले आजदेखि यातायात सेवा सूचारु गर्ने जनाएको छ भने अर्को पक्ष अझै पनि छलफलमै रहेको छ ।

सार्वजनिक यातायात व्यवसायी महासंघले आफु मातहतका यातायात व्यवसायीहरुलाई आजदेखि यातायात सेवा सूचारु गर्न आग्रह गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले आज पनि छलफल नै गर्न लागेको छ ।

यातायात सेवा सुचारु गर्ने निर्णय सरकारले केही दिन पहिले गरेपछि अनेक समस्याका कारण तत्काल सवारी साधन संचालन गर्न आनाकानी गर्दै अनेक सर्त राखेका व्यवसायीहरु अहिले आफै विभाजित भएका हुन् ।

यातायात सेवालाई कसरी सूचारु गर्ने भन्ने बारेमा आज पनि दिउँसो १ बजे व्यवसायीहरुका बीचमा छलफलको आयोजना गरिएको महासंघका अध्यक्ष विजय स्वारले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मौद्रीक नीतिले व्यवसायीका धेरै मागहरुलाई सम्वोधन गरेकाले व्यवसायीहरु खुशी भएर सवारी साधन चलाउन तयार रहेका छन् । तर उनीहरुले अझै एउटा सर्त भने पुरा नभएकाले त्यसका बारेमा छलफल चलिरहेको हो ।

यातायातका साधन संचालन गर्दा स्वास्थ्य सुरक्षा छ भन्ने सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषय मात्रै अहिले आफुहरुको सर्त रहेको अध्यक्ष स्वारले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक यातायातका यात्रु र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा र सतर्कता सुनिश्चित गर्ने उपायहरुका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

यातायात मजदुर र यात्रुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने केही मापदण्डहरु तयार पारेर यातायात सेवा सुचारु गरिने अध्यक्ष स्वारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP