Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

९ महिना देखि न्यायको खोजीमा ११ बर्षिय अपाङ्ग बालक

कपिलवस्तु

             अप्राकृतिक करणीमा परेका एक ११ बर्षिय अपाङ्ग बालकले अझै सम्म न्याय पाउन सकेका छैनन् । करिब ९ महिना अघिको उक्त घटनाका बालक र उनका परिवार अझै पनि न्यायको झिनो आशमा बसिरहेका छन् । बुद्धभूमि नगरपालिका ६ का ति बालक जन्मजात अपाङ्ग हुन् । अति विपन्न परिवारका उनी न्यायका लागि प्रहरी र ठूलाबडाकहाँ धाउदा धाउदै ९ महिना वितिसक्दा समेत अहिले सम्म घटनाका आरोपी समेत पक्राउ परेको छैन । 

बुद्धभुमी नगरपालिका वडा नं. ६ का पुर्णवासी यादव ले २०७५ माघ १४ गते ति बालकलाई अपाकृतिक करणी ९वलत्कार० गरेको आरोपमा मुद्धा दायर भएको छ ।  ईलाका प्रहरी कार्यालय गोरुसिंगेले मुद्धा दायर भएपनि घटनाका आरोपी फरार छन् । यादवले राज नाम परिवर्तन लाई समोसा खुवाउने प्रलोभनमा वगैचामा लगी यौन दुव्र्यव्हार गरेका थिए । घटना घटेको अर्को दिन ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा उजूरी दिए पछी यादव फरार रहेका थिए । प्रहरीका अनुसार आरोपीलाई खोजी गर्ने कार्य जारी रहेको वताईएको छ ।  

आरोपीको फोटो सम्म फेला परेको छैन । उनी भारतको मुम्वई तर्फ भागेको हुन सक्ने स्थानीयहरु वताउछन् । आरोपी स्थानीय नेताका आफन्त भएकाले समेत पक्राउमा प्रहरीलाई दबाब नपरेको पीडितका परिवारहरु बताउछन् । आर्थिक अवस्था न्युन भएका राजका परिवारका सदस्य दैनिका गुजारा गर्नका लागी गएको वेला यादवले राजलाई साईकलमा राखी वगैचा पुराएका थिए । घर घरमा गई कपाल तथा दारी काटेर दैनिक गुजारा चलाउने राजका वुवा घर आउदा राती अवेरा सम्म छोरा रोई रहेको थियो । सधै चाडै सुत्ने छोरा रोई रहेको देखे पछी छोरालाई सोधपुछ गरेका थिए । राजले घटना वताए पछी बलत्कार भएको थाहा पाएको उनका वुवाले वताउनुभयो । 

            थाहा पाएको अर्को दिन नै ईलाका प्रहरी कार्यालय गोरुसिगेंमा निवेदन दिएका थिए । हामी सामान्य परिवारका हौ, हाम्रो पक्षका वोली दिने कोही छैनन्, छोराले न्याय नपाउने हो कि भन्ने डर लागि रहेको छ । स्थानीय अगुवा र पिडकको परिवार गाउँमा मिलापत्र गराउन दवाव दिई रहेका थिए तर छोराको न्यायका लागी आफु नमिलेको राजका पिता वताउनुहुन्छ । हाम्रो वारेमा वोल्ने कोही पनी छैन । मानवअधिकारवादी र अपांङ्गताको क्षेत्रमा काम गरेका समेत अहिले सम्म मुख नदेखाएको राजका पिता वताउनुहुन्छ । 

३ कक्षामा अध्ययन गरी रहेका राज अपांङ्गताका कारण १ वर्ष देखी विद्यालय जान छाडेका छन् । उनको दाया तर्फको हात खुट्टा चल्दैनन् । एक वर्ष देखी उनले मानसिक अस्वस्थता विक्षिप्त हुदै गएको छ । समस्या वढन लागे पछी राजलाई डाक्टरको सल्लाह पछी नियमित औषधी सेवन गर्ने गरेका छन् । उहाँको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ । विद्यालयमा पीडित बालक वेला वेलामा वेहोस हुन थाले पछी राजलाई उहाँका परीवारले विद्यालय पठाउन छाडेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP