पहिरोको जोखिम, भिरालो जमिन आसपासका बासिन्दालाई सचेत रहन आग्रह

काठमाण्डौ – आज बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । 

पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलि लगातार झरीको संभावना कतै पनि छैन ।

तर मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना छ । 

यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

    Tags: