Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

सिरहामा कोरोना संक्रमीत एक पुरुषको ज्यान गयो

लहान । सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय एक पुरुषको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ ।बिहीबार राती कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।

निमोनिया भई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए । मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणको रिपोट बेलुका ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

सिंहको मृत्युपछि आज विष्णुपुर गाउँपालिकामा बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने स्थानीय वडाध्यक्ष गोपिन्द्र यादबले जानकारी दिनुभयो ।

यो संगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु भएकाको सङ्ख्या २ पुगेको छ । गएको हप्ता सिरहाको गोलबजार नगरपालिका–१२ का कोरोना संक्रमित २३ वर्षीय एक युवकको उपचारको क्रममा धरानमा मृत्यु थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP