Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

शिवराज ११ को स्वास्थ्य चौकीमा कण्डम अभाव

दिपक के.सी.
कपिलवस्तु मंसिर १०
कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य संस्थामा कण्डम अभाव भएको छ । विगत १५ दिन यता नगरको वडा नं. ११ मा रहेको स्वास्थ्य चौकीमा कण्डम अभाव भएको हो । सरकारले निशुल्क रुपमा उपलब्ध गराउने कण्डम स्वास्थ्य चौकी नभए पछि स्थानियलाई समस्या भएको छ ।
१५ दिन देखि कण्डम छैन , नगरपालिका संग माग गरेको भए पनि उपलब्ध भएको छैन स्वास्थ्य चौकी प्रमुख राजेश कुवरले बताए । सेवा ग्राही कण्डम लिन दिनहुँ आउने भए पनि छैन भनि फर्काउनु परेको छ उनले भने । स्वास्थ्य संस्थामा कण्डम समेत छैन भन्नु पर्दा लाज मर्दो भएको छ , नगरपालिकाको स्वास्थ्य शाखामा माग पनि गरेका छौं तर उपलब्ध भएको छैन ।
वडाको स्वास्थ्य चौकीबाट कण्डम संगै सिटामोल समेत नपाएको स्थानिय प्रभुनाथ कुर्मीले बताए । सामान्य टाउको दुखाइको औषधी लिन जादाँ समेत नपाइएको उनले बताए । स्वास्थ्य चौकीमा सिटामोल सकिएको पनि एक हप्ता भयो ,स्वास्थ्य चौकी प्रमुख कुवँरले भने । अव औषधी नै छैन विरामीलाई कहाबाट दिनु उनले भने । स्वास्थ्य शाखामा औषधी माग गरेको पनि धेरै भयो तर अझै औषधी आइपुगेन ।
शिवराज नगरपालिकाको सबै स्वास्थ्य चौकीमा कण्डम अभाव नभएर केहिमा मात्रै भएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टाईले बताए । कण्डम नगरपालिकाले खरिद नगर्ने केन्द्रबाट नै खरिद भइ जिल्लामा आउने र स्वास्थ्य चौकीको माग अनुसार जिल्ला जनस्वास्थ्यबाट ल्याउनु पर्ने भएकोले प्रकृया सुरु भइसकेको उनले जनाए । आफु भर्खरै स्वस्थ्य शाखामा आएकोले के कति स्टोकमा औषधीहरु कुन कुन छ भन्ने बारे पनि डाटा तयार नहुदाँ समस्या भएको उनले बताए । सिटामोल के कति छ छैन भन्ने बारे आफु अनभिज्ञ रहेको जनाउदै , अब स्टोरमा भएको औषधीको मात्रा हेरेर औषधी खरिद प्रकृया अगाडी बढाइने उनले जनाए । सुरुमा औषधी वितरण गर्दा कसैलाई धेरै कसैलाई थोरै गरेर वितरण गरिएको हुदाँ अहिले कुनै स्वास्थ्य चौकीमा प्रशस्त औषधी छ कुनैमा छैन, औषधी नभएका स्वास्थ्य चौकीमा धेरै औषधी हुने स्वास्थ्य चौकीबाट दिएर भए पनि विरामीलाई औधषी उपलब्ध गराइने भट्टराइले जनाए ।
जिल्ला जनस्वास्थ्यमा कण्डम अभाव नभएको तर स्वास्थ्य चौकी प्रमुखले माग गरे जिल्लाबाट प्राप्त गर्न सकिने एक स्वास्थ्य कर्मीले बताए । नाम नखुलाउने सर्तमा सिटामोल पनि स्टोरमा अभाव नभएको उनले बताएका छन ।एक दुई दिन अगाडी नै मैले लिएको हुँ अभाव भएको जस्तो लाग्दैन उनले भने । जिल्ला बाट आफुले सहजै कण्डम ल्याएर स्वास्थ्य चौकीबाट वितरण गरीरहेको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP