Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

स्याउ बेचेर मुस्ताङमा ६० करोड भित्रियो

ठिनी। मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु.६० करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।

“जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उनले भने , “कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।” खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताए । उनका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ ।

प्रतिकेजी स्याउको मूल्य रु.१२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ । म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ ।

स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताए । उनीसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पु¥याउने गरिएको थियो ।

उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उहाँले बताउनुभयो । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ । बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पु¥याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताए ।

यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ । परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ ।

एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP