Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

सल्यानमा एम्बुलेन्स दुर्घटना चालक र शिशुको ज्यान गयाे

छत्रेश्वरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका २ को दहगाउँका एम्बुलेन्स चालक चित्रबहादुर सुनार र नवजात शिशुको ज्यान गएको हो । दुर्घटनामा दंगिशरण गाउँपालिका ५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्का (नवजातु शिशुका आमा र बुवा) घाइते भएका छन् ।  

घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक (सई) रामबहादुर कार्कीले बताउनुभयो । 

प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई काठमाण्डौबाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको हो । 

शनिबार दिउँसो साढे २ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका २ को जिरो प्वाइन्टमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो । 

छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एक जना घाइतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP