Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

सल्यानमा एम्बुलेन्स दुर्घटना चालक र शिशुको ज्यान गयाे

छत्रेश्वरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका २ को दहगाउँका एम्बुलेन्स चालक चित्रबहादुर सुनार र नवजात शिशुको ज्यान गएको हो । दुर्घटनामा दंगिशरण गाउँपालिका ५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्का (नवजातु शिशुका आमा र बुवा) घाइते भएका छन् ।  

घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक (सई) रामबहादुर कार्कीले बताउनुभयो । 

प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई काठमाण्डौबाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको हो । 

शनिबार दिउँसो साढे २ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका २ को जिरो प्वाइन्टमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो । 

छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एक जना घाइतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP