Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

११ औँ कपिलवस्तु महोत्सवमा दर्शक काे घुइचाे , अाज आइतबारका मुख्य कलाकार यस्ता छन

कपिलवस्तुको वाणगंगा बुद्ध रंगशाला चारनम्बर जितपुरमा जारी ११ औँ कपिलवस्तु महोत्सवको तेस्रो दिन शनिबार चर्चित कलाकार संगै दर्शक झुमेका छन् । महोत्सवको तेस्रो दिन शनिबार चर्चित कलाकारको प्रस्तुती रहेको थियो ।
शनिबार चर्चित सदाबहार गायक सुगम पोख्रेल, वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा मगर ‘काउली बुढी’ लगायतका कलाकारको प्रस्तुती संगै दर्शक झुमेका हुन् । महोत्सवको तेस्रो दिन शनिबार पनि परेकाले दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । यस्तै आइतबार वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, चर्चित गायक तथा मोडल दुर्गेश थापा लगायतका कलाकारको प्रस्तुती रहने छ । महोत्सवको तेस्रो दिन शनिबार १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकको दाबी छ ।
यस्तै शनिबारको डान्स आइडलमा दुई जना बाहिरिएका छन् । शुक्रबारको प्रस्तुती र दर्शकको भोटका आधारमा शनिबार २ जना बाहिरिएका हुन् । यसरी बाहिरिनेमा रोहित विक र आर्जु क्षेत्री छन् । आइतबार बाँकी रहेका १३ जना प्रतिस्पर्धीबाट शनिबारको प्रस्तुती संगै दर्शकको भोटका आधारमा २ जना बाहिरिने छन् ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।
यता महोत्सवमा राखिएका विभिन्न स्टल मध्ये कृषि स्टलको पनि दर्शकले अवलोकन गरेका छन् । वाणगंगा नगरपालिका भित्रका कृषकले उत्पादन गरेका विभिन्न कृषि सम्बन्धि वस्तुहरु महोत्सवमा राखिएको छ । कृषि स्टलमा कृषि सम्बन्धी जानकारी लिन चाहानेको लागि प्राविधिक ज्ञान पनि सिकाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP