Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

जलवायु परिवर्तन र रसायनका कारण महासागरमा अक्सिजनकाे मात्रा घट्याे: अध्ययन

जलवायु परिवर्तन र बालीनालीमा प्रयाेग गरिने पोषक तत्वहरुबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घटिरहेको अध्ययनले देखाएको छ ।

प्रकृतिको लागि अध्ययन गर्ने समूह आईयूसीएनले गरेको अध्ययनले जलवायु परिवर्तन र पोषक तत्वबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घट्दा माछाको प्रजाति खतरामा परेको देखाएको बीबीसीले जनाएकाे छ ।

केही दशकयता समुन्द्रमा पोषक तत्व कम भैरहेको यसअघिका अध्ययनले देखाएका भए पनि जलवायु परिवर्तनका कारण अवस्था लगातार खराब भैरहेको अनुसन्धानकर्ताको दावी छ ।

सन् १९६० को दशकमा महासागरमा ४५ ठाउँमा अक्सिजनको कमी रहे पनि अहिले बढेर ७ सय ठाउँ पुगेको पनि अध्ययनले देखाएको बीबीसीले जनाएको छ । अक्सीजनको कमिले ट्यूना, मार्लिन र शार्कसहित केहि प्रजाती खतरामा परेका खबरमा उल्लेख छ ।

केही वर्षयता भने जलवयु परिवर्तनका कारण महासागर आसपास धेरै कार्बनडाइ अक्साइड उत्पन्न हुने तथा महासागरले तापक्रम अत्यधिक साेस्ने हुनाले पानी तात्ने र अक्सिजन कम हुने देखिएकाे छ ।

धेरै समयदेखि खेतबारी तथा कारखानाबाट नाइटोजन तथा फस्फोरसजस्ता रसायन महासागरमा पुगेर महासागर तथा त्यसका किनार आसपासका क्षेत्रमा अक्सिजनको मात्रा घटाउन मुख्य भूमिका खेलिरहेको अध्ययनहरुले देखाएकाे पाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP